Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा समुदाय स्तरका नागरिकहरुमा कोरोना जाँच, कति छन नतिजाको प्रतिक्षामा ?

१८ साउन

कपिलवस्तुको शिवराज नगरपालिकाका समुदाय स्तरका नागरिकहरुको कोरोना जाँच गर्न सुरु गरिएको छ । केहि दिन अघि शिवराज नगरपालिकामा ३६ जनामा कोरोना संक्रमण र त्यसमा १२ जना समुदायमा हिडेका नागरिकहरुमा संक्रमण देखिएपछि अहिले समुदाय स्तरमा जाँच गर्न सुरु गरिएको हो ।
आज मात्र शिवराज नगरपालिकाका ३ सय ६४ जनाको स्वाब संकलन गरिएको छ । विद्यालयका शिक्षक,वडाका कर्मचारी तथा संक्रमितहरु सग नजिक भएकाहरुको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख चुरामणी भटटारईले बताउनुभयो । त्यस्तै ३ दिन अघि ३० जनाको स्वाब पठाएको त्यसको रिपोर्ट अझै नआएको भटटराईले बताउनुभयो । शिवराज नगरपालिकाको आईशोलेसनमा अहिले ४१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma