Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नागरिकको लापरवार्ही : स्वाब दिएर गाउँ डुल्दै


मोफसल खबर
अहिले कोरोना महामारी छ । संक्रमित भएपछि परिवार तथा स्वयमलाई समाजले विभेद ग¥यो भन्ने विषयमा पनि विभिन्न संचार माध्यममा आएको छ । यता समुदाय स्तरमा कोराना पुग्यो भन्ने विषयले जनता शसंकित रहेका छन् । नागरिकहरुको चरम लापरवाहीले समुदाय स्तरमा कोरना पुग्यो भन्दा फरक नपर्ला । केहि दिन अघि मात्र कपिलवस्तुको शिवराज नगरपालिका भित्रका १२ जना समुदाय स्तरमा नागरिकहरुमा सक्रमण भयो । ति १२ जना मध्ये अधिकाश क्वारेन्टाइनमा रहेको र स्थानिय नेताहरुको जिम्मामा घर पठाइएको थियो । स्वाब दिएर घर पठाउनु नगरपालिका तथा स्थानिय राजनितिक दलको लापरवार्ही हो ।
क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई छोड्न स्वास्थ्यकर्मीलाई चौतर्फी दबाव छ । शिवराज नगरपालिकाले गत सनिवार समुदाय स्तरका ३६४ जनाको स्वाब संकलन गरेको छ । अहिले ति स्वाब दिएका नागरिकहरु गाउँ गाउँमा डुल्दै छन् । स्वाब दिएका नागरिकहरु होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि गाउँ गाउँ पुग्दा जोखिम बढेको छ । संक्रमितका परिवार तथा कन्ट्याक ट्रेसिङका आधारमा स्वाब लिएको शिवराज नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमणको आसंका लागेमा वा संक्रमीतको सम्पर्कमा आएमा सेल्फ क्वारेन्टाईनमा वसेर स्वाव दिनुपर्ने विश्वव्यापी मान्यता रहेको छ । स्वास्थ्य मापदण्डले पनी कोरोना परिक्षणको नतिजा नआए सम्म एक्लै वस्नुपर्ने वताउदै आएको छ । जिल्लाको शिवराज नगरपालिकामा भने त्यसको विपरीत पाईएको छ । कन्ट्रयाक टे«सिङमा परेका समुदा स्तरका नागरिक र क्वारेन्टाइमा बसेका ३६४ जनाको स्वाब संकलन गरी पठाइएको छ । तर समुदाय स्तरका नागरिकहरु भने स्वाव दिएर पनि खलेआम डुलिरहेको र होम क्वारेनटाइनमा नबस्दा अझ जोखिम बढेको स्थानियहरुले बताएका छन ।

“पछिल्लो पटक स्वाव दिएका केहि मानिसहरु भने सेल्फ क्वारेनटाईनमा नवसेर खुलेयाम गांउमा घुमेका छन,कोरोनाको रिर्पोट आएको छैन , नमुना परिक्षणको लागी स्वाव दिएका केहि मानिसहरु गांउमा खुलेयाम हिडेका छन यसरी त कोरोना जोखिम झनै बढेको छ ” स्थानिय विकास पौडेलले भने । यस्ले समाजमा डर पैदा भएको छ । नियमन गर्ने निकाय वेखवर छ । कसलाई भन्ने शिवपुरका एक स्थानीयले मोफसल खवर संग गुनासो गरे , कोरोना पोजेटिभ हाल आईसुलेशनमा भएका एक व्यक्ति पनि यसैगरी गांउ घुम्ने गर्दथे , अहिले स्वाव दिएका केहि व्यतmीहरु पनि यसरी घुम्दै छन । समुदायमा भयाभह हुने सम्भावना वढेको उनको भनाई रहेको छ ।
यता शिवराज नगरपालिका स्वास्थ्य शाखाले भने स्वाब दिएकाहरु रिपोर्ट नआन्जेल क्वारेन्टाइनमा भए क्वारेन्टाइनमा घरमा भए घरमै होम क्वारेन्टाइन बस्नु पर्ने बताएको छ । स्वाब संकलन गर्दा नै समुदाय स्तरका मानिसलाई रिपोर्ट नआउन्जेल बाहिर नहिड्नु घरमै होमक्वारेन्टाइनमा बस्न सल्लाह दिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए । समुदाय स्तरमा कोरोना भेटिए पछि सावधानी अपनाउन नगरका सम्पूर्ण वडाका टोलटोलमा जनचेतना मुलक सनदेशहरु प्रशारण भइरहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma