मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिमा बुधबार ३ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा शिवराज नगरपालिकामा ३ कपिलवस्तु नगरपालिकाका १ महिला र ३ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससंगै जिल्लामा संक्रमितको संख्या ८१८ पुगेको छ । स्वास्थ्य कार्यलय कपिलवस्तु अनुसार उनिहरु सबै समुदायका संक्रमित रहेका छन् । संक्रमित सबैको नमुना समुदायबाट लिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ जना पुरुष र २ जना महिला रहेका छन् ।
प्रतिक्रिया