मोफसल खवर
कपिलवस्तु प्रशासनको निर्देशनलाई अटेरी गर्दै चन्द्रौटा क्षेत्रका लघुबित्तहरुले दैनिक रुपमा कारोवार गरेको पाइएको छ । साउन २२ गते जिल्ला प्रशासनले जारी गरेको सुचनामा वैक तथा वित्तिय सस्थाहरु साउन ३२ गते सम्मको लागि बन्द गर्न निर्देशन दिएको थियो । चन्दौटा क्षेत्रका करिव डेढ दर्जन बैक तथा आधा दर्जन बिमा कम्पनी बन्द रहेको अवस्थामा लघुबित्तहरुले निर्देशनलाई बेवास्ता गर्दै कारोबार गरिरहेका छन । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको डिप्रोक्स लघुबित्त वित्तीय संस्था,फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र सूर्याेदय लघुबित्तीय सस्थाले निर्वाध रुपमा कार्यलय संचालन गरेको पाइएको छ । लघुबित्तमा भिडभाड भएको भन्दै स्थानियहरुले गुनासो गरे छन् ।
सूर्याेदय लघुबित्तीय सस्थाका प्रमुख सुस्मा चौधरीले कार्यलयको आन्तरीकरुपमा काम गरिरहेको बताउनुभयो । प्रशासनको निर्देशनलाई अटेर नगरेको भन्दै आज बाटै कार्यालय बन्द हुने उहाँले बताउनुभयो । डिप्रोक्स लघुबित्त वित्तीय संस्थाका प्रमुख हैदर अलीले अतिआवश्यक काम भएर मात्र कार्यालय संचालन गरेको बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले निर्देशन अवज्ञा गरेमा नियमअनुसार कारवाही गरिने बताउनुभयो । वित्तिय सस्था खुलेको भन्ने सुचना आएको त्यस क्षेत्रमा प्रहरी पठाइने उहाँले बताउनुभयो ।
जिल्लामा समुदाय स्तरमा कोभिड १९ कोरोना संक्रमण फैलिए पछि कपिलवसतु जिल्ला प्रशासनले साउन २३ गते लागु हुने गरी अत्यावश्यक सेवाका कार्यालय बाहेकका सम्पूर्ण सरकारी कार्यालय , बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया