Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

युुवा बाध्यतावस विदेश जानुुु पर्दैन- प्रधानमन्त्री

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा बाध्यतावस रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “छनोटका हिसाबले विदेश जानु बेग्लै भएको तर अवसर र रोजगारीका हिसाबले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने रणनीतिमा सरकार छ ।”
राष्ट्रिय युवा परिषद्द्वारा बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय युवा दिवस २०७७’ मा भिडियो सम्बोधन गर्नुहुँदै देश निर्माणको महìवपूर्ण जनशक्तिलाई देशमै अवसर उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न विविध खाले कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटिएको बताउनुभयो । उहाँले योजनाबद्ध ढङ्गले युवाको क्षमता विकास र रोजगारी सिर्जनामा सरकारले यस आर्थिक वर्षमा ७६ अर्ब रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
उहाँले युवा स्वरोजगार, युवा परिषद्मार्फत युवा गतिविधि, रोजगारीका अवसर सिर्जना गर्ने, युवालाई विभिन्न ढङ्गले सहयोग र सहायता उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको बत९ाउनुभयो । उहाँले प्रकृतिमा रहेको असाधारण शक्तिलाई चिनेर त्यसलाई प्रयोग गर्नसक्ने क्षमता मानव मस्तिष्कमा रहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “त्यस खालको क्षमता विकास गर्नु शिक्षाको उद्देश्य हो । खोज र अनुसन्धानको क्षेत्रमा युवा पुस्तालाई ठीक ढङ्गले अगाडि बढाउन सक्नुपर्छ ।” उहाँले देशमा ६० प्रतिशतभन्दा बढी क्रियाशील जनशक्ति रहेको र त्यसमा ४० प्रतिशत जनशक्ति युवा रहेकाले देश निर्माणको मुख्य जनशक्ति नै युवा भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “युवा जनशक्तिको लगभग २५ प्रतिशत अध्ययन र रोजगारीबाहिर छन् । देश निर्माण गर्नुपर्ने मुख्य शक्ति बाहिर छ । त्यसैले यस दिशामा ठोस प्रयास अगाडि बढाएका छौँ ।” उहाँले नीति निर्माणको तहमा समेत युवाको सहभागिता रहेको चर्चा गर्नुहुँदै जनप्रतिनिधिका रूपमा समेत ४० प्रतिशत युवाको प्रतिनिधित्व रहेकाले क्षमता, अनुभव र सामथ्र्यको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाजका हरेक क्षेत्रमा क्षमता विकाससहित सहभागिता वृद्धि गर्दै उत्साहित भएर देश विकासमा सहभागी बन्न युवालाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली युवा अब निराश बन्नु पर्दैन । देशलाई सुशासन र समृद्धिको यात्रामा हिँडाउने जिम्मा युवा पुस्ताकै हो ।” उहाँले गरिबीको दुष्चक्रबाट मुलुकलाई मुक्त गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न युवा पुस्ताको महìवपूर्ण भूमिका रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma