Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

युगल जोडिलाई लक्षित “दिल जिगर” म्यूजिक भिडियो सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, १ भदौ ।

निकै उत्कृष्ट अवाजमा सजिएको थारु भाषामा रहेको “दिल जिगर” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युगल जोडिलाई लक्षित गरि एस एम यूटुव च्यानलद्घारा सोमबार सार्वजनिक गरिएको हो ।

सुमधुर स्वरका धनि गायक उत्तम चौधरी तथा चर्चित गायिका अन्नु चौधरीको आवाजमा सजिएको म्युजिक भिडियोमा राजकुमार थारु र निधिमा थारुको अभिनय रहेको छ । त्यस्तै राजकुमार थारु आफैले निर्देशन गरेको भिडियोमा क्यमरा मेन लक्ष्मण थारु रहेका छन् भने अरफा अन्सारीले मेकअप मेनको भूमिका निर्वाह गरेका छन् ।

सो गीत रेकडिङ भने ड्रिमस रेकडिङ स्टुडियो काठमाण्डौंमा भएको हो । जसको एरेन्ज गणेश चौधरीले गरेका छन् भने एम्प चौधरी र राजेन्द्र चौधरीले शब्द संगित गरेका छन् ।

गायक उत्तम चौधरीले उक्त बोलको म्यूजिक भिडियो रुपन्देही र नवलपरासीको रमणीय स्थानमा सुटिङ गरिएको बताए । मन करे सन सन गीतको अपार सफलता पछि चलो छैली माघी मनाए गीतमा गायक चौधरी निकै चर्चामा आएका थिए । यो गीत भने उनको तेस्रो गीत हो र अब भने भोजपुरी तथा थारु गीत संगीत छिट्टै नै बजारमा ल्याइने उनले जनाए । साथै सो गीतलाई स्रोताहरुले निकै नै रुचाई दिने विश्वास रहेको गायक चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma