Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेप्से परिसूचक २१ अङ्कभन्दा धेरैले बढ्यो

नेप्से परिसूचक साेमबार २१ अङ्कभन्दा धेरैले बढेको छ । परिसूचक साेमबार २१ दशमलव २६ अङ्कले बढेर १४ सय ३१ दशमलव ६० अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।यस्तै ‘क’ वर्गका कम्पनीहरुको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि साढे तीन अङ्कले बढेको छ । होटल समूहबाहेक आज सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको १६२ दशमलव ८७ र निर्जीवन बीमा समूहको १२८ दशमलव ६९ अङ्कले सुधार भएको छ ।

साेमबार दिनभर दुई अर्ब १३ करोड रुपैयाँ बराबरका ४९ लाख २४ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड ६० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

साेमबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै सात प्रतिशत कमाएका छन् । च्यांदी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने दुई दशमलव २५ प्रतिशत गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma