Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेकपा सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता सम्पन्न भएको छ । आज बिहीबार ११ बजेका लागि तय भएको सचिवालय बैठक बस्ने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ । बैठक बालुवाटारमै बस्नेछ ।

आज बस्ने बैठकमा मुख्यतः कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ सवा पाँच बजे बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बिहीबार बिहान ११ बजे तय भएको बैठक सञ्चालन गर्ने दुवै अध्यक्षबीच सहमति बनेको छ । यसअघि गत शनिबार १३ गते तय भएको सचिवालय बैठक १८ गतेका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma