प्रदेश न ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीद्धारा नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको चन्द्रौटामा युवा संघका जिल्ला सह संयोजक कृष्ण कार्कीलाई जिल्लाको पश्चिमी क्षेत्रमा रहेर फन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गर्न जिम्मा दिइएको छ ।
कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुन बितरण गरेको प्रदेश सभा सदस्य पन्थीले बताउनुभयो । जिल्लाका सबै स्थानहरुमा अभियानको रुपमा हिडेको भन्दै कोरोना नियन्त्रणको लागि नागरिकनै सचेत हुनुपर्ने बताउनुभयो ।
सांसद पन्थीको सहयोगमा जिल्लाको पुवी क्षेत्रमा रहेका स्वास्थ्य सस्था तथा प्रहरी कार्यालयहरुमा सामाग्री बितरण गरिसेकेको युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपालमणि ज्ञावलीले बताउनुभयो ।
शिवराज नगरपालिका र बिजयनगर गाउँपालिका क्षेत्रमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्ने युवा संघका जिल्ला सह संयोजक कृष्ण कार्कीले बताउनुभयो ।
प्रदेश सभा सदस्य विष्णु पन्थी,युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपाल ज्ञावली,सह संयोजक कृष्ण कार्की, नेकपा शिवराजका सचिव जगत पौडेल,नेकपा बिजयनगरका ईन्चार्ज अर्जुन सापकोटा, अनेरास्ववियु केन्द्रिय सदस्य टुकलाल गैरे, नेकपा युवा नेता सरोज पौडल,विद्यार्थी नेता शशिल खत्री, ,कविराज अधिकारी,अस्मीता घिमिरे लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया