सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ ।
प्रेस सङ्गठनले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताउनुभयो । उहाँले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताउनुभयो ।
‘लोडशेडिङमुक्त बनाउन कुलमान घिसिङको मुख्य भूमिका रह्यो तर उहाँको मात्रै एक्लो प्रयासले होइन सरकारको लगानी र टिम भावनाको परिणाम हो’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
फरक प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी परिमार्जनसहित पारित हुने बताउनुभयो । ‘कहाँ कहाँ परिमार्जन गर्नुपर्ने हो, त्यो हुन्छ र एमसीसी पारित हुन्छ’, उहाँले भन्नुभयो । प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डलको पुनर्गठन कार्य मूल्याङ्कनको आधारमा हुने बताउनुभयो । प्रधानमन्त्रीलाई सफल र सजह हुने किसिमले मन्त्रिमण्डल पुनर्गठन हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया