कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली नदीमा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ ।विहानैबाट वेपत्ताहरुको खोेजीमा रहनु भएका शशष्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको ढकालले भयो । मध्यान्ह साढे १२ बजेतिर क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको ढकालले बताउनु भयो ।
प्रतिक्रिया