Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

खडैचा हल्लानगर आरटिओ सडक खण्ड निर्माणको अन्तिम चरणमा

मोफसल खबर
कपिलवस्तुको निकै महत्वको रुपमा रहेको आरटिओ सडक निर्माणको काम तिब्र रुपमा भइरहेको छ । जिल्लाको पश्चिम क्षेत्रको विजयनगर गाउँपालिका र शिवराज नगरपालिका जोड्ने आरटिओ सकड खण्ड अन्तर्गतको गाउँपालिकाको खडैचादेखि शिवराज नगरपालिकाको हल्लानगरसम्मको सडक कालोपत्रे काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी. र गाउँपालिका अध्यक्ष गोपाल थापाको लगातारको पहल पछि आरटिओ अन्तर्गतको सो सडक खण्डले प्राथमिकता पाएको हो । गाउँपालिकाको व्यापारिक केन्द्र शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्र संग सिधा जोडिने सडक कालोपत्रे भए संगै दुई स्थानिय तह आवत जावतमा सहज हुने प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । अव विजयनगर गाउँपालिका हाइवे सडकको सिधा पहुँचमा पुगेको छ के.सि.ले भन्नु भयो ।
आरटिओ सडक राजमार्गसँग जोडिने मुख्य सडक भएकोले गाउँपालिका बासीलाई राज मार्ग पहुँचमा सहजता भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । खडैचा देखि हल्ला नगर सम्मको सडक खण्ड सम्पन्न संगै गाउँपालिकाका नागरिकको बजार सम्म सजिलै पहुँच पुग्नेछ जसबाट गाउँपालिकाका उत्पादनलाई बजारीकरण गर्न सजिलो हुने र आयआर्जनमा पनि टेवा पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गर्नु भयो । सडक निर्माणमा उच्च प्राथमिकता सहित पहल गरी गाउँपालिकालाई राजमार्ग सडक सन्जाल संग जोड पहल गर्नु भएकोमा अध्यक्ष थापाले प्रदेश सभा सदस्य के.सी.लाई धन्यवाद समेत दिनु भयो ।“यति छिटै गाउँपालिकालाई राजमार्ग संग जोडने सडक खण्ड निर्माण हुनुको श्रेय प्रदेश सभा सदस्य के.सी.जान्छ,उहाँ कै पहलबाट यो सम्भव भएको हो ”अध्यक्ष थापाले भन्नु भयो । सडक निर्माण संगै यहाँका जनताले झेल्दै आएको बाटोको समस्या टरेको छ । यो बाटो बनेसँगै विजयनगर गाउँपालिकाको समग्र विकासमा थप सहयोग पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।
आरटिओ सडक निर्माणको जिम्मा अर्घाखाँची÷बावुल जेभी कन्ट्रक्सनले पाएको छ । ९ करोड २५ लाख बराबरको लागतमा सडक निर्माण भइरहेको कन्ट्रकशनका इन्जिनियर अशोक बस्यालले बताउनु भयो । सडक ७७ सय ६० मिटरको लामो सडक बन्ने इन्जिनियर बस्यालले जानकारी दिनुभएको छ । यो बाटो निमार्णको सम्पूर्ण काम गर्नको लागि मंसिर ३० गतेसम्म म्याद थप भएता पनि कार्तिकमै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । कोभिड १९ कोरोनाका कारण असारमा नै सक्नु पर्ने निर्माणको प्रभावित भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma