सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएकोछ । छैठौ अधिवेशनबाट लिलामणि पौडेलको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा अनिता गैरे,सचिव सीता बुढाथोकी,सहसचिव प्रेम कुमारी कडेंल,कोषाध्यक्षमा रमा बेल्बासे , सदस्यमा चिक्रकला बलामी, सीता थापा क्षेत्रि,हर्ति थारु,र दिपक खड्का रहनु भयको छ । अधिवेशनबाट लक्ष्मि अर्याल शर्माको सयोजत्वमा ३ सदस्य लेखा समिती चयन भयको छ ।
जस्को सदस्यमा सुनिता चौधरी र सनिता क्षेत्रि रहनु भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै लुम्बिनि प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले सहकारीले अन्य ठाउँमा भन्दा कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो । सहकारी बाट ऋण लगानि गर्दा व्यवसायक मुलक आय आर्जनका प्रस्तावमालाई प्राथमिकतामा राखी लगानी गर्नु पर्ने बताउनु भयो । निर्वाचित समितिलाई बधाई तथा शुभकामना गर्नु भएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका महिला शाखा प्रमुख लक्ष्मि कडेंल व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्ररेल र रेडियो भ्वाइसका अध्यक्ष शरद अधिकारीले बचत सगैं ऋणलाई आय आर्जन र आत्म निर्भर हुने कार्यमा ऋण लगानि गर्नु पर्ने बताउनु भयो । त्यस्तै संस्थाका अध्यक्ष दिपक खड्काले प्रगति प्रतिवेदन र लेखा समिति संयोजक टुक प्रसाद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गनृुभएको थियो ।
१३ सय २४सेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष ०७६र०७७ मा कुल रु ३ करोड ७६लाख ६० हजार २ सय १३ को कारोबार, रु २ करोड ४४लाख ९० हजार १ सय तिरहतर ऋण लगानि गरेको सहकारीले ८लाख ६४ हजार ४ सय २१ शुद्ध नाफा गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया