जनता समाजवादी पार्टी कपिलवस्तुको जिल्ला नेता रामनिवास पुरीले आङकाजी शोर्पाले हिन्दु धर्म माथि प्रहार गरेको आरोप लगाएका छन् । पाटीको केन्द्रिय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला दहन कार्यक्रममा श्री राम लेखेको सनातान धर्मको प्रतिक रुमाललाई शेर्पाले जलाउन तयार पारेको फोटा सामाजिक संजालमा भटिएकोले त्यसको बिरुद्ध पार्टीलाई गम्भीर हुन सुभाव दिएका छन्
पुरी उक्त फोटो सहित यस्तो लेखेको छन् – म पनि जन्ता समाजबादि पार्टी को एउटा सिपाहि(अभियन्ता)हो ज.स.पा.को सर्कुलर अनुसार देशैभरि प्र.म.र राष्ट्रपतिको पुतला दहन कार्यक्रम अन्तर्गत देशभरिनै पुतला दहन गरियो तर ज.स.पा.कै नेता आंङ्गकाजि यो फोटो समाजिक संजालमा फेला पारे.जसमा श्री राम लेखेको सनातन धर्म को प्रतिक भगवारंङ्ग को गम्छा बेरेको जलाँउन को लागी त्यार पारेको पुतला देखे आंङ्गकाजिले के दर्शाउन खोजेका हुन ? समाजबाद को नारा भित्र रहेर एक अर्कालाई होच्याउने,गालि गर्ने,एक अर्काको धर्म संस्कृति को सम्मान न गर्ने के यहि हो आंङ्गकाजि को समाजबाद ? यदि उनको मनसाय सनातनलाई होच्याउने हो भने कदापि सहए छैन.पार्टी पंक्तिले यस बिषयमा आँङ्गकाजिलाई सचेत गराओस…किन कि एक अर्काको सम्मान र स्विकारोक्तिनै समाजबाद हो हेक्का रहोस आँंङ्गकाजिलाई….
जसपाका नेता समेत रहेका शेर्पाले विभिन्न समयमा विवादित अभिव्यक्ति दिदै आएका थिए ।
प्रतिक्रिया