Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

रमुवादहको शिवरात्री मेला स्थलमा शिव मन्दिर निर्माण गरिने

रमुवादहको शिवरात्री मेला स्थलमा शिव मन्दिरको निर्माण गरिने भएको छ । शिवराज नगरपालिका ९ को मेला स्थलमा शिवगढी मन्दिरको आकृति झल्कने शिवमन्दिरको निर्माण गरिने भएको हो । शिवगढी पर्यटन बिकाश सस्थाका अध्यक्ष माल बहादुर घर्तीको अध्यक्षतामा स्थानीय बुद्धिजीवी समाजसेवीहरुको सहभागितामा मेला स्थलमा शिव मन्दिर, मञ्च ,सौचालय ट्रसट निर्माण गर्ने निर्णय गरिएको हो । शिवराज नगरपालिकाको नगरसभाले शिवरात्री मेला स्थलमा सौचालय र ट्रसट निर्माण गर्न भएको स्वीकृत९ लाख ८० हजार अन्तर सरकारी बितिय हस्तान्तरण अन्तर्गत ऐतिहासिक पर्यटन पुर्वाधार निर्माण शिर्षकमा१५ लाख ,कृष्ण नगरपालिकाको ५ लाख,बिजयनगर गाउ पालिकाको ५लाखमा मेला स्थलमा शिव मन्दिर, मञ्च ,सौचालय ट्रसट निर्माण गरिने भएको हो । सस्थाले ऐतिहासिक शिवगढी किल्ला मन्दिर क्षेत्रको प्रचार प्रसार र बिकाशका लागि शिवगढी क्षेत्रसंग सम्बन्धित ब्रोउजर, परिचय पुस्तक, र पर्यटन सूचना पाटी ,लेखन प्रकाशन र स्थापना समेत गर्ने भएको छ । साथै शिवगढी पर्यटन सस्थाद्वारा हरेक साल शिवरात्री पर्वको आयोजना गर्ने शिवरात्री मेलालाई अझै सु व्यवस्थित रुपमा सन्चालन गर्न धानखोलामा आयोजना हुने मेलाका आयोजक समितिसंग छलफल गरेर शिवरात्री पर्वलाई व्यवस्थित भव्य बनाउन सस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma