Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा पहिलो दिन २१० जनाले लगाए कोरोना विरुद्ध खोप


दिपक के.सी.
कपिलवस्तु माघ १७

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना बिरुद्धको खोप आज शनिबारबाट लगाउँन सुरु भएको छ । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटामा नगरमा पहिलो कोरोना विरुद्धको खोप नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले लगाएर सुभारम्भ गर्नु भएको हो । शिवराज नगरपालिका र विजय नगर गाउँपालिकाको खोप केन्द्रको रहेको अस्पतालमा पहिलो दिन २१० जनाले खोप लगाएका छन । जसमय शिवराज नगरपालिकाका १ सय ७९ जना र विजयनगर गाउँपालिकाका ३१ जनाले खोप लगाएका छन ।


कोभिड १९ कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्य कर्मि ,स्वास्थ्य स्वंय सेविका,सुरक्षाकर्मिहरुलाई खोप लगाउन सुरु भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भयो । अधारभूत स्वास्थ्य अस्पतालमा विजयनगर गाउँपालिकाका स्वास्थ्य कर्मि, स्वयसेविकाहरु,एम्बुलेन्स चालकहरुलाई पनि खोप लगाइएको उहाँले बताउनु भयो ।
कोरोना विरुद्धको ३ सय डोज खोप शिवराज नगरपालिकाको लागि आएको र विजय नगर गाउँपालिकाको खोप डोज आउन बाकी रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो । खोप लगाइ सकेपछि आफुलाई कुनै खालको लक्षण नदेखिएकोले ढुक्क भएर खोप लगाउन सबैलाई भट्टराइले आग्रह गर्नु भयो ।यस्तै विजय नगर गाउँपालिकाबाट पहिलो खोप स्वास्थ्य कर्मि कौशिला घिमिरेले लगाउनु भयो । कोरोना खोप लगाए सबैले अनिवार्य खोप लगाउनु पर्ने उहाँले बताउनु भयो । खोपको बारेमा हुने अनेक अफवाहको पछि नलागी खोप लगाएर सुरक्षित हुन घिमिरेले आग्रह गर्नु भयो ।
कपिलवस्तुमा ४ ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनु भयो । जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनु भयो । जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma