Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ओलीलाई जन्मदिनको उपहार : संसद पुनर्स्थापना

आज नेपालका प्रधानमन्त्री केपि ओलीको जन्मदिन,ओलीको जन्मदिनको दिन ओलीलाई ब्रजापात भएको छ । पुस ५ गते प्रधानमन्त्रीले गरेको संसद विघटनको विरुद्धको रिटमा अदालतले सदर गरेको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma