कपिलवस्तु ९ वैशाख
सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ परेका छन । पक्राउ पर्नेमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ सेमरहनाका संकटा गिरी रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
बालिकालाई ललाई फकाई घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिनु भयो । पक्राउ परेका आरोपी गिरिको अदालतबाट म्याद थपगरी कानुनी प्रक्रिया आगाडि बढेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया