नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको पहिलो बैठक जिल्लाको विजयनगर गाउँपालिकामा सम्पन्न भएको छ । कोरोनाको महामारी बिचमा सुरक्षा सर्तकता अपनाउँदै जिल्लाको दुर्गम स्थानिय तह विजयनगर गाउँपालिकामा महासंघको बैठक सम्पन्न भएको छ ।
शाखा अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना महामारीको विचमा पत्रकार र संचार सम्वद्ध संस्था समेत महामारीको चपेटामा परेको औल्याइएको छ । महासंघले कोभिडका कारण चपेटामा परेका संचार सम्वद्ध संस्था र पत्रकारलाई राहत प्रदान गर्न पत्रकार राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ सुचना केन्द्र बाणगंगालाई प्रदेश स्तरीय प्रशिक्षण केन्द्र स्थापना गर्ने , यसका लागि बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकार, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सँग समन्वय गर्ने , स्वर्गिय पत्रकार नन्दराम पौडेल, बनारसी बर्मा, सिपी स्मृती पत्रकार पुरस्कार कोष स्थापना गर्ने निर्णय भएको शाखा सचिव जानु पाण्डेले जानकारी दिनु भयो ।
यस्तै बैठकले कोभिडको मारमा परेका पत्रकार, संचार सम्वद्ध संघ सस्था लाई राहत प्रदान गर्ने गरि राहत कोषको स्थापना गर्ने साथै नेपाल पत्रकार महासंघको सहयोगले कोभिडको लहरमा अक्सीजन व्यवस्थापन, अस्पताललाई सहयोग संकलन, महामारीको बेला फन्टलाइनमा खटेर काम गर्ने पत्रकारलाई धन्यवाद प्रकट गरेको छ ।
प्रतिक्रिया