कपिलबस्तु-जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीको सरुवा भएको छ । प्रहरी प्रमुख अधिकारीको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर मानववस्रोत व्यवस्थापन शाखामा सरुवा भएको हो ।
त्यस्तै कपिलबस्तुमा नयाँ प्रहरी प्रमुखको रुपमा दान बहादुर कार्की आउनुहुने भएको छ । कार्की नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्साल काठमाण्डौमा कार्यरत हुनुन्थ्यो ।प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको सरुवाको सुचिमा एक वर्ष कार्यअवधि पूरा गरेका प्रहरी प्रमुखहरुलाई सरुवा गरिएको छ ।प्रहरी प्रमुख अधिकारीले लागु औषध, अपराधी पत्ता लगाउने कार्यमा भने प्रहरीले सफलता हात पार्दै आएको थियो ।
प्रतिक्रिया