Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा निषेधाज्ञा थप खुकुलो गर्दै एक हप्ता थपियो, सार्वजनिक गाडि चल्ने


कपिलवस्तु – कपिलवस्तुमा निषेधाज्ञा थप खुकुलो पार्दै एक हप्ता थपिएको छ । आज जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सार्वजनिक गाडि चल्न पाउने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । त्यस्तै विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । कपिलवस्तुमा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma