कृष्ण गैरे
असार १९
कपिलवस्तुको महाराजगंज नगरपालिकाले नगर भित्र रहेका उच्च रक्तचाप र सुगर रोगका बिरामीको उपचार सहीत निःशुल्क औषधी बितरण गर्ने अभियानको सुरुवात गरेको छ । ‘ स्वास्थय जीवनको आधार महाराजगंजको सरोकार ’ भन्ने नारासहीत नगरपालिका– १० स्थित हदौना स्वास्थ्य चौकीबाट सो अभियान सुभारम्भ गरिएको हो । यससंग अब देखि नगर क्षेत्र भित्र रहेका उच्च रक्तचाप र सुगरका बिरामीले मासिक रुपमा एक पटक स्वास्थ्य जाच सहीत औषधी समेत निःशुल्क पाउनेछन ।
अभियानको मेयर अब्दुल कलाम खाँले उदघाटन गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतमा राखेको बताए । ‘ उच्च रक्तचाप र सुगरका बिरामीहरु धेरै छन, तिनीहरुको स्वास्थ्यलाईृ ध्यान दिई यो कार्यक्रम राखेका हौ ’ उनले भने । यो अभियानले ती दुबै रोगका बिरामीहरुलाई केही भए पनि राहतच मिल्ने उनले बताए । प्रमुख प्रशाकीय अधिकृत बेद प्रसाद खरेलले मेयरको सकृयतामा नै यो लोकप्रिय कार्यक्रम ल्याइएको बताए ।
‘ हाम्रो यो कार्यक्रमले नगर भित्र रहेका ब्लडप्रेसर र सुगरका बिरामीहरु लाभान्वित हुनेछन उनले भने । मुलक भित्र रहेका अन्य पालिकाकालागि पनि यो काम उदरहणीय हुने उनले बताए । यो अभियानकालागि नगरपालिकाले ३० लाख रुपैया बिनियोजन गरेको छ ।
यो कार्यक्रम अन्गृत बिरामीको मासिक एक पटक जाच गरिन्छ । एक मुस्ठरुपमा एक महिनाकालागि निःशुलक औाषधी दिईन्छ । यो अयिभान भलवारीमा पनि संचालन गरिनेछ ।
यस्तै पालिकाले हर्दाैनामा नै महिलाहरुकालागि पाठेघरका निmशुृल्क जाच तथा स्क्रिीनङ गरिएको छ । पाठेघरका समस्या भएका बिरामीलाई थप उपचारकालागि भैरहवा पाठईने प्रमुख प्रशाकीय अधिकृत खरेलले बताए । शिविर मुख्यमन्त्री ग्रमीण विकास तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेशको सहयोग रेहेका छ । नागरिकको स्वास्थलाई मध्येनजर गरि शिविर कार्यक्रम आयोजना गरिएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहजकर्ता रुकैया खातुनले जानकारी दिनु भयो । तराई मधेसमा उच्च रक्तचाप र मधुमेहका कारण आकालमा ज्यान गुमाउनु परेकोले यो शिविरले नागरिकलाई प्रत्यक्ष लाभ हुने मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहजकर्ता रुकैया खातुनले बताउनु भएको छ ।
प्रतिक्रिया