Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बाल विवाह न्युनिकरणका लागी अन्तरक्रिया


केशव बेल्वासे कपिलवस्तु- बाल विवाह न्युनिकरणका लागी धर्म गुरु, सामाजिक अगुवा तथा बालबालिकाहरुसंगको ४ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिवराज नगरपालिकाको सहयोग सामुदायिक रेडियो भ्वाईसको समन्वयमा असार १६ गतेबाट सञ्चालित अन्तरक्रिया आज सम्पन्न भएको हो । शिवराज नगरपालिकाका २,४,५ र ८, नं वडामा एक एक दिन गरी लगभग ८० जना किशोर किशोरीहरुसगँ बालविवाह न्युनिकरणका लागी अन्तरक्रिया गरीएको हो । आज कार्यक्रमको अन्तिम दिन शिवराज नगरपालिका वडा नं ५ मा किशोर किशोरीहरुसगँ अन्तरक्रिया गरीएको छ ।

कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरीले बालविवाहले बालबालिकालाई आधारभुत अधिकारबाट बञ्चित गराउने हुदा आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्वन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अधिकारबाट समेत बालबालिकाहरु बञ्चित हुने गरेको बताउनुभयो । पुण्य कमाउने लालसा तथा धार्मिक मान्यताको निरन्तरता, थोरै दाइजो दिए पुग्ने पक्षले पनि उमेर नपुगी विवाह गरीदिने प्रोत्साहन गरेको उँहाले बताउनुभयो ।


बालविवाह न्युनिकरणको लागी शिवराज नगरपालिकाले विगतका बर्षमा पनि कार्यक्रम गरेको र आगामि दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने उँहाले बताउनुभयो । विभिन्न बाल क्लब किशोर किशोरी क्लबहरु रहेको हुदा यस्ता क्लब तथा किशोर किशोरीहरुनै बालविवाह विरुद लाग्नुपर्ने बताउनुभयो । शिवराज नगरपालिकामा ३३ प्रतिशत विवाह उमेर नपुग्दै हुने गरेको बताउदै यसबाट मातृ शिशु मृत्यु दर बढ्ने, शारीरिक, मानसिक तथा कागजि रुपमा समेत समस्या आउने हुदा बालविवाह न्युनिकरणमा सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रबाट विभिन्न वडाका वडा अध्यक्षहरुले बाल विवाहले समाजमा धेरै जोखिम निम्त्याएको र बालविवाहले उनीहरुलाई शिक्षावाट वञ्चित गराउनुको साथै अर्निणयको बन्दी बनाउनुका साथै मातृ स्वास्थ्य तथा उनीहरुको स्वास्थ्यमा असर गरेको र घरेलु हिंसा बढाउने गरेको बताएका छन । यस्ता खालका कार्यक्रमबाट धर्म गुरुको माध्यमबाट बालविवाह रोक्न सकिने हुदा यस्ता कार्यक्रको निकै महत्व हुने बताएका छन ।
कुनै पनि धर्मले सानो उमेरमा विवाह गर्नुपर्छ भनेर नभनेको हुदा बालविवाह न्युनिकरणमा आ आपनो क्षेत्रबाट भुमिका खेल्ने धर्म गुरुहरुले प्रतिवदता व्यक्त गरेका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले कतिपय अभिभावकहरु आफनो संतानको विवाह ढिलो गरीदिने इच्छा भए पनि समाजले के भन्ला भन्ने पिरले गर्दा छिटो विवाह गरीदिने भएकाले बालविवाह न्युनिकरणमा धर्म गुरु र शिक्षकहरुले भुमिका निभाउनु पर्ने बताएका छन । ४ दिनसम्म चलेको कार्यक्रममा बाल विवाह र यसको असर, न्युनिकरण गर्ने उपाय विभिन्न क्षेत्रको भुमिका र यसको कानुनि उपचार सम्बन्धि शिवराज नगरपालिका कानुनि सल्लाहकार सरद अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma