Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा समुह सदस्यहरुका लागि नेतृत्व बिकास तालिम

कपिलस्तु- कपिलवस्तुको शिवर रहेको दियालो नेपाल र राष्ट्रिय दलित नेटवर्क संस्थाको आयोजनामा वन तथा कृषि सहज कार्यक्रमको सहयोग र शिवराज नगरपालिकाको संमन्वयमा शिवराजमा तिन दिने नेतृत्व बिकास तालिम सुरु भएको छ ।

वन तथा कृषि सहज कार्यक्रमकोआर्थिक सहयोगमा सञ्चालित तालिममा शिवराजमा रहेको मिलिजुली कृषक समुहका ३० जना मुुस्लिम तथा दलित समुदायका महिला तथा युवाहरुको सहभागिता रहेको आयोजक संस्था राष्ट्रिय दलित नेटवर्क दलित मानव अधिकारी निगरानी समितिको अध्यक्ष मिना परिरयारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै दियालो नेपालकि अध्यक्ष तारा थापले समुुहमा आवद महिलाहरुको नेतृत्व विकासका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । तालिममा महिलाहरुलाई नेतृत्व क्षमता बिकास गर्न आवश्यक ज्ञान र शीपका बारेमा संक्षिप्त चर्चा गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै दलित मानव अधिकारी निगरानी समितिको अध्यक्षमा मिना परियारले समाजमा महिलाहरुले घरभित्रको चुलो चौका मात्र गर्नुपर्छ भन्ने मान्यतालाई जरै देखि उखलेर महिलाहरुलाई पनि अब घरबाट बाहिर निकालेर अगाडि बढाउनुपर्ने बताउँदै यस किसिमका तालिमले सहयोग पुर्याउने उहाँले बताउनुभये । तालिमले महिलाहरुमा सकारात्मक सोच आउने र समाजमा महिलाहरुको सहभागितामा बृद्धि हुने बताउनुभयो ।

तालिमका सहभागिहरुलाई नेतृत्व विकास, नेता र नेतृत्वको बारेमा जानकारी दिँदे महिला विकास कार्यक्रम, सहकारी प्रबद्र्धन तथा अभिबृद्धी, वैठक सञ्चालन प्रक्रिया लगायत फरक फरक विषयमा तालिमको सहजकर्ता संजय कुमारले अवगत गराउनुभएको थियो ।

दियालो नेपाल संस्थाकी अध्यक्ष तारा थापाको अध्यक्षतामा संचालित तालिममा दलित मानव अधिकारी निगरानी समितिको अध्यक्ष मिना परियार , तालिमका सहजकर्ता संजय कुमार पासि लगायत शिवराजमा रहेको मिलिजुली कृषक समुहका ३० जना महिलाहरुको सहभागिता रहेको थियो। आज देखि संचालित तालिम सोमबार समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma