Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

देउखुरी – लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज (आइतबार) शपथ ग्रहण गर्दैछन् ।

८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिँदैछन् । प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ ।

प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma