Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

करदाता शिक्षा तथा अन्तरक्रिया ,व्यवसायिलाई कर छुट सम्बन्धि सुविधा

दिपक के.सी.
पौष २१ ,कपिलवस्तु
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा शिवराज नगरपालिकाका व्यवसायिहरुलाई कर सम्बन्धि शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरको सहयोगमा करदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो ।


कार्यक्रममा समयमा नै व्यवसायको विवरण दाखिला गरि आय कर बुझाउदाँ व्यवसायिलाई हुने फाइदाका विषयमा आन्तिर राजश्व कार्यालय कृष्णनगरका कर अधिकृत चिरन्जीवि बस्यालले व्यवसायिहरुलाई जानकारी गराउनु भएको थियो ।अधिकृत बस्यालले नेपालको बर्तमान कर प्रणाली तथा आर्थिक ऐन २०७९ ले दिएको कर छुट सुविधा सम्बन्धि जानकारी गराउनु भएको थियो ।


हाल सम्म कारोबार गर्दै आएका तर स्थायी लेखा नम्बर नलिएका व्यवसायि करको दायरामा आउनेलाई करको छुटको व्यवस्था रहेको छ । आ.ब. २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ सम्मको आय विवरण र सोमा लाग्ने कर शुल्क २०७९ पौष मसान्त सम्ममा बुझाएमा सो वापत लाग्ने शुल्क तथा व्याजमा मिनाह हुने वस्यालले बताउनु भयो । संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) २०५२ बमोजिम दर्ता भएका ले संवत् २०७८ साल चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर र व्याजको पचास प्रतिशत रकम संवत् २०७९ पुष मसान्त सम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी व्याज मिनाहा हुने बताउनु भयो ।
कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले व्यवसायिले समयमा नै आय कर नबुझाउदाँ छल्न खोज्दा राज्यलाई समेत आर्थिक भार पर्ने र व्यवसायि आफैलाई समेत एकै पटक ठूलो रकम कर वापत बुझाउनु पर्ने समस्या सिर्जना हुने भएकोले कर छुट सुविधाको उपयोग गर्दै आफनो व्यवसायलाई करको दायरमा ल्याउनु पर्ने बताउनु भयो । व्यवसायीहरुलाई करदाता शिक्षाको अभावका कारण पनि समयमा नै आफ्नो कारोबारलाई करको दायरामा ल्याउन नसकेको समेत अध्यक्ष पाण्डे बताउनु भयो । संस्था अब बृह्त रुपमा करदाता शिक्षा कार्यक्रम संचालन गरी सबै साना ठूला व्यवसायिहरुलाई करको दायरामा ल्याउने र स्थायी लेखा नम्बर नलिई कारोबार गर्नेहरुलाई निरुत्साहि गराउने समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका व्यवसायि , चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारी संचारकर्मि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन चन्द्रौटा उद्योग वाणिज्य संघका महासचिव यदा क्षेत्री (राजकुमार) ले गर्नुभएको थियो ।

विभिन्न कर छुट सम्बन्धि सुविधा

1672905727488 (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma