Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

विमान दुर्घटना अपडेट : थप १ जनाको शव फेला

काठमाडौं पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । आज दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै ३ जना वेपत्ता छन् । उनिहरुको खोजी कार्य जारी छ । हिजो बिहान काठमाडौंबाट पोखरा जादै गरेको यती एयरको विमान पोखराको सेती नदी खोंचमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma