Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा निशुल्क आँखा शिविरको पहिलो दिन ४५२ जनाले लिए सेवा

केशव बेल्वासे, कपिलवस्तु–

कपिलवस्तुको शिवराज नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविरको पहिलो दिन आज सुक्रबार ४ सय ५२ जना आँखाका बिरामिले उपचार सेवा लिएका छन । आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा भएको निशुल्क आँखा शिविरमा आज १ सय १७ जनलाई अदुुर दृष्टिको समस्या रहेकोले निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको र ९१ जनाको मोति बिन्दुको अप्रेसन गरीएको अस्पतालका नेत्र विशेषज्ञ सुशिल कार्किले जानकारी दिनुभयो । भोलि शनिबार पनि निशुल्क आँखा शिविर संचालन हुने उँहाले बताउनुभएको छ ।

छन्द (कालेवावु )नारायणि आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालीकाको आर्थिक सहयोगमा २ दिने निशुल्क आखाँ शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ।

आार्थिक अभावले उपचार गर्न नसकि वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरुलाई निशुल्क आखाँ शिविरले सहयोग पुग्ने शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । आँखा शिविरमा मोतिबिन्दुको निशुल्क अप्रेसन गरीने जानकारी गराउदै नगरले केहि बजेट छुट्टयाएर नगर बासिको आखाँको समस्या न्युनिकरणमा सहयोग गर्ने प्रयास गरेको नगर प्रमुख थापाले बताउनु भयो ।

यस्तै नगर उप प्रमुख शिवकुमारी थारुले हरेक बर्ष जस्तै यो वर्ष पनि शिवराज नगरपालिकाले नगर भित्रका आँखाका बिरामिहरुलाइ आँखा शिविर मार्फत नि शुल्क सेवा दिने गरेको बताउनुभयो । आँखाका समस्या भएका बिरामिहरुलाइ आँखा उपचार सेवा लिन पनि आग्रह गर्नुभयो । शिविरको उद्धाटन सत्रमा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासे, वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा लगायतले आँखा शिवविर मार्फत आँखा उपचार सेवा लिन सम्पुर्ण नगरबासिलाइ आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma