काठमाडौं- माओवादी केन्द्रको स्थायी समितिको बैठक सकिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको हो।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछिका घटनाको ब्रिफिङ गर्नुभएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
आजको बैठकमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकता प्रक्रियाको बारेमा छलफल भएको र छिट्टै टुंग्याउने निर्णय भएको पौडेलले बताउनुभयो। पौडेलले भन्नुभयो ‘धेरै कुरा अगाडि बढाइसकेका छौँ, खालि नाम र शैलीको बारेमा प्रसंग चलेको छ। छिट्टै टुंगिन्छ।’
उहाँले राष्ट्रपतिमा माओवादी केन्द्रले भनेको राष्ट्रिय सहमति एमाले सहितको भएको बताउनुभयो। एमाले वा कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन नसक्ने भन्दै उहाँले सकेसम्म सहमतिको व्यक्तित्वलाई अगाडि सार्न सके राम्रो हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया