Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नयाँ राष्ट्रपतिको चुनावको मिति १० दिन भित्रमा घोषणा गर्ने आयोगको योजना

निर्वाचन आयोगले नयाँ राष्ट्रपतिको चुनावको मिति १० दिन भित्रमा घोषणा तयारी गरेको छ । आगामी फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिने भएकाले अबको १० दिन भित्रमा निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार निर्वाचनको मिति घोषणा गर्ने बारेमा विभिन्न छलफल चलिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रपतिको कार्यकाल सकिनुुअघि निर्वाचनको मिति घोषणा हुनुपर्ने माग गर्दै आएको छ भने चुनावको मिति सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma