Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा खेलकुद महोत्सव : १६ सय बढि खेलाडी सहभागि

माधव बेल्वासे, कपिलबस्तु –

कपिलवस्तुको शिवराज नगरपालिमा खेलकुद महोत्सव सुरु भएको छ । बुधवार शिवराज खेल मैदानमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले खेलकुद महोत्सवको उद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन गर्दै केसीले खेलले युवाहरूलाई तन्दुरुस्त राख्नुका साथै लागू औषध बाट छुटाउन सहयोग पुग्ने बताउनुभयो । देशभरमा सबै पालिकाहरूले प्रत्येक वर्ष खेलकुदका कार्यक्रम गरे पनि त्यसको उपलब्धि बारे अध्ययन नगरेको बताउनुभयो ।
मेला महोत्सवमा मात्र खेलाडीहरूलाई स्थान दिएर नपुग्ने भन्दै अन्य समयमा पनि खेलाडीलाई प्रदेश हुँदै केन्द्र सम्म पु¥याउने पर्ने बताउनुभयो । केसीले शिवराज क्षेत्र प्रदेशको राजधानी नजिकै रहेकोले यहाँ प्रदेश स्तरीय खेल मैदान आवश्यक रहेको जिकिर गर्नुभयो । केही वर्ष अघि प्रदेशले बजेट विनियोजन गरे पनि कोरानाका कारण काम गर्न नसकिएकोले आगामी वर्ष प्राथमिकता साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले खेलाडीहरूलाई स्थापित गर्नको लागि नगरले खेल महोत्सव आयोजना गरेको जिकिर गर्नुभयो । खेलाडी भनेको राष्ट्रका गहना भएको बताउँदै नगरपालिका खेलाडीको साथमा रहेको विश्वास दिलाउनुभयो । खेल महोत्सवमा राष्ट्रपति रनिङ शिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगितामा विभिन्न विधाका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख पूर्ण विश्वकर्माले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्डमा शिवराज नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी गरि १५ वटा विद्यालयहरू सहभागी भएको विश्वकर्माले बताउनुभयो । मेयर कप तर्फ पुरुष फुटबल, भलिबल , क्रिकेट र व्याडमीटन तथा उपमेयरकप तर्फ महिला फुटबल , भलिबल ,क्रिकेट र कराँते प्रतियोगिता हुने छ । माघ २९ गते सम्म चल्ने खेलकुद महोत्सवमा करिब १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले खेल महोत्सवलाई सव्यभव्य बनाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma