मोफसल खबर
माघ, २१
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.२ मा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडाका नागरिकहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै वडा कार्यालयले विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गरेको हो ।
वडा कार्यालयको आयोजनामा संचालन भएको स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ,नाक कान घाँटी रोग विशेषज्ञ,आखाँ रोग विशेषज्ञ,फिजिसिय सेवाबाट वडाका नागरिकहरुको स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो । शिविरमा जनरल तर्फ चार सय तिस जनाले सेवा लिएका छन । ३ सय ७० जनाले आखाँ चेकजाँच गराएका छन । जस मध्ये ४८ जनाको अपरेशन गर्नु पर्ने देखिएको र उनीहरुको निशुल्क अपरेशन गरिने वडा अध्यक्ष चौधरीले बताउनु भयो ।वडाको बार्षिक कार्यक्रम अन्तर्गत वडाका नागरिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।
शिविरमा जनरल फिजिसियन डा. मनिस विश्वकर्मा,स्त्री रोग विशेषज्ञ डा. सरस्वती कसौधन, नाक,कान,घाटी विशेषज्ञ डा. दिपेन्द्र कसौधन,मेडिकल अधिकृत डा. प्रदिप श्रेष्ठ, शिवराज आधारभूत स्वास्थ केन्द्रका डा. महेश गुप्ता सहितको टिमले विरामीहरुको स्वास्थ्य जाँच गर्नु भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. २ का प्रमुख विरेन्द्र मिश्रले जानकारी दिनुभयो । स्वास्थ्य शिविर कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई सहितको स्वास्थ्य कर्मिहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया