नेपाली काँग्रेस शिवराज नगरसमीतीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शिवराज नगरपालिकाको चन्द्रौटामा भएको दोस्रो नगर सम्मेलनलाई नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले उदघाटन गर्नुभएको छ । सम्मेलनको उदघाटन गर्दै सभापति पुनले पार्टिका हरेक तहका नेताले आफनो जिम्मेवारी पुरा गर्नुपर्ने वताउनुभएको छ । जनताको प्रत्येक समस्या समाधानको लागी नेपाली काग्रेस वडा वडामा क्रियाशिल हुनुपर्ने वताउनुभएको हो । जनताको रोजाईको व्यतmीलाई मात्र अगामी निर्वाचनमा टिकट वाडिने भएकाले जनपक्ष काम गर्न उहांले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमीतीका उपसभापति हुमाकान्त खनालले पार्टिले जिल्लाभर प्रशिक्षण अभियान संचालन गर्न लागेको वताउन्ुभएको छ । नेपाली काँग्रेसले कपिलवस्तु जिल्लामा विभिन्न अभियान संचालन गरेको जानकारी गराउदैं प्रत्येक वडाका १०.१० जना अगुवा कार्यकर्तालाई प्रशिक्षित गरिने वताउनुभएको हो । कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला सचिव शतmीसिंह ठकुरी , प्रेमवहादुर रायमाझी , महाधिवेशन प्रतिनिधि विनोद नेपाल , प्यार मोहम्द मिंया , जिल्ला सदस्य केशव पाण्डे , क्षेत्र न ३ क का सभापति गोविन्द केसि नेविसंघका जिल्ला सभापति चन्द्रकान्त न्यापाने , तरुण दलका अमर पौडेल लगाएतले संवोधन गरेका थिए । नगर सभापति मधुसदुन पोख्रेलले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव विष्णु पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उपसभापति करम हुशेनको स्वागत , सभापति मधुसुदन पोख्रेलको सभापतित्व र सचिव विष्णु पोख्रेललको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया