Developed By Kuldeep Sharma

३ महिना अगाडि

लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समितिका अध्यक्ष नियुक्त

अस्पताल विकास समिति खारेज गरेको एक महिना नपुग्दै लुम्बिनी प्रदेश सरकारले  फेरि सत्ता गठबन्धन दलको भागबन्डामा प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्षलाई मनोनीत गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रादेशिक २ अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्षमा मनोनीत गरेको हो । १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्दा सत्तामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , लोसपा र एकीकृत समाजवादी पार्टी निकट व्यक्तिहरूलाई नियुक्त गरिएको छ । यसमध्ये सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसलाई ६,माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक-एक अस्पतालको विकास समिति अध्यक्ष बनाएको हो । ती अध्यक्षहरूलाई मनोनीत गरेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित अस्पताललाई बोधार्थ पठाइएको छ  ।१३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले बताए । उनका अनुसार  दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनीत गरिएको हो

त्यस्तै प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुम पूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनीत गरिएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma