दोश्रो महान पर्ब तिहार जब नजिक आउँछ । तब हाम्रो तन-मन भैलोको रमझम तिर तानिन्छ। सुरिलो बाँसुरी,मुरली,मादल र झेली सहितको गित-संगितमा ढल्की-ढल्की नाच्ने मारुनी र पुर्सुङ्गे नाच लुम्बिनीमै प्रख्यात छ। लोप हुँनै लागेको तिहारको मौलिक संस्कारको जगेर्ना गर्न अर्घाखाँची,रुपन्देही र कपिलवस्तुका युवाहरुले बिगतमा भन्दा संगठित, ब्यबस्थित र परिस्कृत प्रयास थालेका छ्न । साँस्कृतिक उत्सवका माध्यमबाट सचेतना, जागरण र रुपान्तरण गर्दै आएको हंसपुर-रुपन्देही सम्पर्क समाजले यस बर्ष पनि बिकृती र बिसंगतिहरु कम गर्न मौलिक श्रृजनामा आधारित भैलो पस्केर संस्कृतिमा रचनात्मक सुधार ल्याउन पहल भैरहेको अध्यक्ष सुदन ज्ञवालीले बताउनु भयो।
सो समाजले आर्थिक श्रोत संकलन गरेर, सहयोग, सेवा, सुरक्षा, उद्धार, राहत र क्षमता बिकासमा अगुवाई गर्दै आएको छ । हंसपुर-रुपन्देही सम्पर्क समाजलाई रुपन्देहीमा आपत-बिपतको साथी भनेर चिन्ने गर्छन् । बन्कट्टा निवासी रेशम खनालले जब कम्मर मर्काएर, जुल्फी हल्लाएर बाँसुरी र सोरठी नृत्यमा ढल्किन थाल्छन् तब हेर्ने दर्शकहरुको भिड थामिनसक्नु हुन्छ। सचिब रेशम खनालकै संयोजकत्वमा भैलो खेल्ने तयारी भैरहेको समाजका उपाध्यक्ष लक्ष्मण पन्थीले बताए। सम्पर्क समाजका कोषाध्यक्ष कृष्ण अधिकारीका अनुसार अर्घाखाँची- धारापानी निवासी बाँसुरी बिज्ञ हिमाल बन्जाडे र कपिलवस्तु निवासी बलुराम पन्थीले बाँसुरीको सुरिलो धुन बजाउने छन। भैलोमा केही राष्ट्रिय र धेरै स्थानीय कलाकारहरुले समेत श्रृजना पस्किने बताईएको छ। कला, सभ्यता र संस्कृति जगेर्ना र संरक्षण गर्ने साँस्कृतिक उत्सव भब्य, सभ्य, रचनात्मक र अनुशरण गर्न लायक रहोस् धेरै धेरै शुभकामना !!!
पुनाराम पन्थी
बाणगंगा नगरपालिका ७ बनगाई कपिलवस्तु
प्रतिक्रिया