Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

उखु कृषकको भुक्तानीको प्रकृया बढ्यो

कपिलवस्तुका उखु किसानहरुलाई सरकारले गर्नुपर्ने भुक्तानीको प्रकृया बढेको छ । सरकार र कपिलवस्तुका उखु किसानबिच गत जेठ १७ गते भुक्तानी गर्न वाकि रहेको रकम भुक्तानी गर्ने सहमति भएको थियो । उक्तसहमति अनुसार वार्ता टोली प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन बुझाएको जानकारी प्राप्त भएको किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । सरकार सचिव डा गोविन्द प्रसाद शर्माको सयोजक्तवमा भएको वार्ता टोली सँग भएको सहमति कार्यान्वयन हुने आशामा रहेको चौधरीले बताउनुभयो ।
शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको पटक पटक ध्यानाकर्षण गराएको उनले बताए । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपियाँ नपाएको किसान सङ्घका अध्यक्ष चौधरीले बताए । सरकारले प्रति क्विन्टल उखुको मूल्य चार सय ६१ रुपियाँ निर्धारण गरेको थियो । तर मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले चार सय ३६ रुपियाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदान स्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको चौधरीको दाबी रहेको थियो । किसानहरु पटक पटक आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma