Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवगढीमा अपाङ्गता भएकाहरुलाई विभिन्न सामाग्री बितरण ।।

कपिलवस्तु -जिल्लाको शिवगढीमा रहेका अपाङ्गता भएकाहरुलाई विभिन्न सामाग्री बितरण गरिएको छ।
शिवराज नगरपालिका र कुष्ठराेग प्रभावित तथा अपाङ्गता बहुउद्देश्यीय सहकारीको आयोजना तथा लेप्रोसी मिसन नेपाल र ईन्द्रेणी ग्रामीण बिकासको आर्थिक सहयोगमा शिवगढीमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न सामाग्री बितरण गरिएको हो ।
अपाङ्गता भएका ब्यक्तिहरुका लागि ३२औ अन्तर्राष्ट्रिय दिवस अन्तर्गत आईतवार शिवराज नगरपालिका वडा न ९ को कार्यलयमा एक कार्यक्रमको आयोजना गरि आवस्यकता अनुसार अपाङ्गता भएकाहरुलाई बैसाखी, शैक्षिक सामाग्री,सरसफाई सामाग्री न्यानो कपडा,ट्वाईलेट चेयर,लगायतका सामाग्री बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma