Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

आठौं चन्द्रौटा महोत्सवको स्टल बुकिङ खुला गरियो

आठौ चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको स्टल वुकिङ खुला गरिएको छ । पौष १३ गते देखि २४ गते सम्म आयोजना गरिएको महोत्सव स्थल भित्र व्यवसाय गर्न चहानेहरुको लागी स्टल वुकिङ खुला गरिएको हो । पछिल्लो समय आर्थिक संकट गहिरीएकाले व्यवसायिहरुको राहतको लागी स्टलको शुल्क न्युनतम राखिएको अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । वुकिङ खुला गरिएसंगै केहि स्टलहरु वुकिङ भईसकेको पनि अध्यक्ष पाण्डेले वताउनुभयो । दश हजार देखि तिस हजार सम्म स्टलको प्रकृति र ठांउ हेरेर शुल्क निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma