Developed By Kuldeep Sharma

३ महिना अगाडि

कुष्ठरोग प्रभावितलाई न्यानो लुगा ।।

कपिलवस्तु -शिवराज ९ शिवगढीका कुष्ठरोग प्रभावितलाई न्यानो लुगा सिरक बितरण गरिएको छ ।
७१औ बिश्व कुष्ठरोग दिवसको अवसर शिवगढी स्वास्थ्य चौकी भगवानपुरमा वडा र शिवगढी स्वस्थ्य चौकीको आयोजना द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक सेवा केन्द्रको व्यवस्थापनमा वडाका ६४ जना कुष्ठरोग प्रभावितलाई न्यानो सिरक बितरण गरिएको हो ।
आईतबार शिवगढी स्वास्थ्य चौकीबाट कुष्ठरोग लागेकालाई हेला नगरौ,कुष्ठरोग जसलाई पनि हुन सक्छ,देवी देउताको श्रापले कुष्ठरोग लाग्दैन जस्ता नारा लेखिएको प्लेकार्ड सहित र्‍याली निकालिएको थियोे र्‍यालीले वडा कार्यलय ,भगवानपुर गाउँ, तुरुन्तपुर चौतारी ,ग्रेट एम एकेडेमी हुदै शिवगढी स्वास्थ्य चौकीमा पुगी अन्तरक्रिया तथा प्रभावितहरुलाई न्यानो लुगा सिरक बितरण गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीले सूक्ष्म किटाणुका कारण कुष्ठरोग लाग्ने हुनाले प्रभावितहरु प्रति सोचिने गलत अवधारणा रहेका कारण त्यसलाई सबै मिलि परिवर्तन गर्न जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma