नेकपा माओवादी केन्द्र शिवराज नगरसमिति र नेकपाको सयुक्त आयोजना चन्द्रौटामा दिप प्रज्वलन गरिएको छ । २९ औ जनयुद्ध दिवसको अवसरमा र्याली सहित दिप प्रज्वलन गरिएको हो । कार्यक्रमका नेकपामा पोलिटव्युरो सदस्य भेषराज भुसाल र नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज दिनेश पुनले सम्बोधन गर्नुभएको थियो । जनयुद्धलाई गलत व्याख्या गरी अपराधिकारण गराउने तथा माओवादीहरुलाई आतकंवादी भन्ने तत्व सक्रिय भएकोले यसमा माओवादीको गम्भीर हुनुपर्ने नेकपामा पोलिटव्युरो सदस्य भेषराज भुसालले बताउनुभयो ।
२०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपक्षता लगायत उपलव्धि गरेको नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज दिनेश पुनले बताउनुभयो ।यो देशका प्रतिकृयावादीहरुलाई यो परिवर्तन पचाउन नसकेकोले माओवादीहरुलाई मुद्धा लगाउने धरपकड गर्ने गरेको बताउनुभयो । सरकारले गरेको निर्णयलाई अदालतले उल्टाएर विदालाई खारेज गरेको प्रति असुन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया