Developed By Kuldeep Sharma

११ महिना अगाडि

शिवराजले उत्पादनमा आधारित कृर्षकलाई अनुदान दिने ।।


नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ३,४ र ११ मा बुधबार अनुगमन गरिएको छ । शिवराज नगरपालिका पशुशाखाको वार्षिक कार्यक्रम अनुसार उत्पादनमा आधारित अनुदान, पशु सुत्केरी भत्ता, तथा गोठ सुधार कार्यक्रम अन्र्तगत ति वडाका किसानका गोठमै पुगी अनुगमन गरिएको पशु विकास पशुशाखा प्रमुख धनिश्वर खनालले जानकारी दिनुभयो । नगरपालिकाले पशुपालन गरि रहेका कृर्षकहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ हरेक वर्ष कृर्षकहरुलाई भिनिन्न किसिमका अनुदान दिदै आएको र कागज मिलाउनेले मात्रै अनुदान लिएको पाइएकाले हाल नगरपालिकाले बास्तविक किसान अनुदानबाट बन्चित नहोस भन्ने हेतुले उत्पादनमा आधारित अनुदान, पशु सुत्केरी भत्ता, तथा गोठ सुधार कार्यक्रम समावेश गरिएको शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारुले जानकारी दिनुभयो । उहांले नगरका ११ वटै वडामा रहेका कृर्षकका गोठमै पुगी अनुगमन गर्ने र कृर्षकका मागका आधारमा आगामी दिनमा पालिकाबाट बजेट व्यावस्थापन गरिने समेत बताउनु भयो । अनुगमनमा मा जांदा कृर्षक खुशी भएका थिए । अनुगमन कार्यक्रममा शिवराज नगरपालिका का उपप्रमुख शिव कुमारी थारु, वडा नम्वर ५का वडा अध्यक्ष नेत्र प्रसाद वेल्बासे र पशु विकास शाखा प्रमुख धनिश्वर खनाल लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma