Developed By Kuldeep Sharma

१ महिना अगाडि

शिवराज ४ मा २ दिने सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ मा व्याक्तीगत तथा सामुदायिक सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा नं ४ को आयोजना र प्रेस हव प्रालीको व्यावस्थापनमा २ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष नसिम अहमद खानले जानकारी दिनुभयो । खास गरि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संगै समुदायमा सरसफाई सम्वन्धी सचेतना जगाउनका लागी कार्यक्रमको आयोजना गरिएको उहांले बताउनुभयो । हरेक वर्ष यस्ता खालका कार्यक्रमले वडाका नागरिक सचेत भएको पाइएको बताउंदै तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रम खरेन्द्रपुरमा रहेको समयथान माध्यमिक विद्यालय र वर्गदवामा रहेको महेन्द्र आधारभुत विद्यालयमा आयोजना गरिएको थियो ।
सचेतना कार्यक्रम अन्र्तगत वडाका टोल टोलमा डस्टविन राखिने र नाली सरसफाईको समेत कार्यक्रम राखिएको वडा अध्यक्ष खानले जानकारी दिनुभयो । तालिममा विद्यार्थी, विद्यालय व्यावस्थापन समितीका पदाधिकारी, स्थानिय अगुवा युवा, समाजसेवी,लगाएत करिव २ सय जनाको सहभागिता रहेको कार्यक्रममा दयाराम शर्माले प्रशिक्षण दिनुभएको प्रेस हव प्रालीका प्रवन्धक चिन्ता परियारले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma