Developed By Kuldeep Sharma

४ महिना अगाडि

शिवशक्ति सामुदायिक बन उपभोत्ता समुहको साधारणसभा समपन्न ।।

कपिलवस्तु -शिवशक्ति सामुदायिक बन उपभोत्ता समुहको १४ बार्षिक साधारणसभा समपन्न भएको छ ।

सोमबार साईनिङ्ग स्टार युवा क्लबको खेल मैदान रमुवादहमा स्थानीय समाजसेवी राजनितिक दलका प्रतिनिधि र स्थानीय उपभोक्ताहरुको उल्लेख्य उपस्थितमा बनको १४ बार्षिक साधारणसभा समपन्न भएको हो ।
सभाले ६ लाख ४४ हजार ३२रुपैयाँ बराबरको को बार्षिक आय ब्याय बिवरण प्रस्तुत गरेको छ यस्तै सचिव लाल बहादुर रोका मगरले बनको बार्षिक प्रतिवेदन वाचन गर्नुभएको थियो ।

अर्थिक बर्ष ८०/८१ मा सस्थाले प्रतिवेदनमा करिब १४ हेक्टरमा बृक्षरोपण ,बन हेरालु परिचालन गरी बनको नियमित निरीक्षण अनुगमन ,अग्नि नियन्त्रक दस्ता परिचालन अग्नि नियन्त्रण रेखा निर्माण ,सहिद परिवारको आवास निर्माणमा आर्थिक सहयोग ,बिपन्न परिवारलाई आर्थिक सहयोग ,रिङ्गरोड सडक स्तर उन्नति ,विद्यालयमा शिक्षक अनुदान ,लगायत देखाएको छ ।

प्रतिवेदनमा आर्थिक बर्ष ८१/८२ को योजना समेत प्रस्तुत गरिएको छ । सस्थाका अध्यक्ष प्रेम रोकाको अध्यक्षतामा भएको साधारणसभामा शिवगढी सब डिभिजनका प्रमुख रमाकान्त शर्माको प्रमुख आतिथ्यता रहेको थियोे ।

सस्थाका सचीव लाल बहादुर रोका मगरले संचालन गर्नु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्रहरी नायव निरीक्षक दामोदर डगी,शिवगढी खानेपानी सास्थाका अध्यक्ष बिरसिङ्ग सुनार,लगायतको उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma