Developed By Kuldeep Sharma

४ महिना अगाडि

शिवगढीमा बिजयादशमीको शुभकामना आदानप्रदान ।।

कपिलवस्तु -शिवगढीमा बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ ।

शिवराज नगरपालिका वडा न ९ को आयोजनामा बुधबार वडा कार्यलयको सभाहलमा वडाका समाजसेवी,बुद्धिजीवी,स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रहरी बिच एक आपसमा शुभकामना आदानप्रदान गरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीले दशैलाई सभ्य बनाउने तर्फ सबै लाग्नुपर्नेमा जोड दिएका थिए । चाड पर्व भन्ने बित्तिकै जुवातास जाड रक्सी झैझगडा मौलाउनु शान्तिका लागि चुनौती भएको सबैले बताएका छन ।

चाड पर्वलाई सभ्य तरिकाले मानाउन स्थानीय प्रहरी र संबंधित सबैले गलत कुराहरुको रोकथाम र बिरोध गर्न जरुरी रहेको बताएका छन । वडा अध्यक्ष रामगोपाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष चुर बहादुर खड्का,नेकपा एमालेका प्रमोद सुबेदी,नेपाली काग्रेसका हरि श्रेष्ठ ,माओवादी केन्द्रका प्रेम रोका नेकपाका राजेन्द्रप्रताप शाह , साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष लाल बहादुर रोका ,युवा संजालका अध्यक्ष पर्शु केसि,ईलाका प्रहरी कार्यालयका प्रमुख जंग बहादुर शाह लगायत स्थानीयहरुको उपस्थितिमा समपन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma