Developed By Kuldeep Sharma

१० महिना अगाडि

उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा शाहको उम्मेदवारी ।।

कृष्णनगर कपिलवस्तु
उद्योग वाणिज्य संघ कृष्णनगरको अधिवेशन मिति नजिकिदै गर्दा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिएका छन । पौष १९ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरु कम्मर कसेर प्रचार प्रसारमा लागेका छन ।
संघको चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रवि शाहको पनि यति बेला बजारमा नाम चर्चामा रहेको छ । विगत लामो समय देखि कृष्णनगर बजारमा व्यवसाय गर्दै आएका शाहले बजार व्यवस्थापन र व्यापारीहरुको हकहितका लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन । संस्थालाई चलायमान बनाउन र व्यवसायिलाई जागरुक गराउन व्यापारी मतदाताले आफूलाई मतदान गरी विजयी गराउसने शाहले दाबी गरेका छन ।
विगत लामो समय देखि कृष्णनगर बजारमा सुपादेउराली टुर एण्ड ट्रावाल्स संचालन गर्दै आएका शाह व्यवसायि संगै समाजसेवीका रुपमा पनि आफूलाई स्थापित गरेका छन । विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेका शाहको उम्मेदावरी उपाध्यक्ष पदका लागी उपयुक्त रहेको स्थानिय व्यापारीले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma