Developed By Kuldeep Sharma

१ महिना अगाडि

चन्द्रौटा महोत्सव : आयोजक घर दैलोमा

चन्द्रौटा,कपिलवस्तु

चुनावमा उम्मेदवार र कार्यकर्ताको जम्बो टिमले मत माग्दै घर दैलो अभियान गर्दै आएको हामी सबैले देखेका छौं । तर चन्द्रौटा बजारमा चुनाव नआउदै एउटा जम्बो टिम घर दैलो गर्दै हिडेको छ ।


माघ ९ गते देखि २० गते सम्म चन्द्रौटामा संचालन हुने नवौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी स्वरुप आयोजक व्यापार संघ कपिलवस्तुको टिमले चन्द्रौटा बजारमा घर दैलो अभियान गरेको छ । घरदैलोको नयाँ अभ्यास गर्दै आयोजकले स्थानिय व्यवसायीलाई महोत्सवमा जोडिएर आफ्नो व्यापार व्यवसायको स्टल राख्न समेत अनुरोध गरेको छ ।


हरेक बर्ष संचालन हुने चन्द्रौटा महोत्सवमा यस पटक आयोजकले नयाँ अभ्यास गर्दै घर दैलो गरेको आयोजक व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताए । स्थानिय व्यापारीहरुलाई महोत्सवमा प्राथमिकता दिई व्यापारिक स्टल राख्न आग्रह गरिएको र व्यापारिहरु पनि स्टल राख्न सकारात्मक देखिएको महोत्सव मुल समारोह संयोजक पोखरेलले बताए ।


महोत्सवमा सबैको आपनत्वका लागी घर दैलो प्रभावकारी भएको आयोजक व्यापार संघ कपिलवस्तुका महासचिव गोपाल बन्जाडेले बताए । महोत्सवमा स्थानिय व्यापारीहरुलाई प्राथमिताका दिएका छौं , स्थानिय व्यापारीहरुको व्यवसाय प्रर्वद्धनमा समेत महोत्सवले महत्वपूर्ण भूमिका रहने सचिव बन्जाडेले बताए । महोत्सव. सफल बनाउन स्थानिय व्यापारी,व्यवसायी,विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी,समाजसेवी,बुद्धिजिवी र शुभचिन्तकहरुको रहेको महोत्सव मूल समारोह समिति समेत गठन गरिएको बन्जाडेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma