Developed By Kuldeep Sharma

१ महिना अगाडि

विजयनगरमा छाडा पशुचौपायले खेती नष्ट गर्न थालेपछि किसानहरु रातभर जागैं ..

कृष्ण पौडेल विजयनगर,

छाडा पशुचौपायाहरु ब्यवस्थापन नगर्दा विजयनगरका किसानहरु मर्कामा परेका छन् । किसानहरुले लगाएको खेति पशुचौपायाहरुले नष्ट गरेपछि किसानहरु मर्कामा परेका हुन् । किसानले लगाएको खेति खाईदिने र कुचिदिने गरेपछि किसानहरु चिन्तित बनेको विजयनगर गाउँपालिका १ भगिरामपुरका कृषक सुरज विश्वकर्माले गुनासो गनुभयो । छाडा पशु चौपायहरु रातिमा आउने र आफुहरुले लगाएको बालीमा क्षेती पु¥याउने गरेको उहाँले बताउनुभयो । आलु, तोरी, मसुरो गहुँ र अन्य तरकारी बालीमा ठूलो क्षति पु¥याउने गरेको उहाँको भनाई छ । छाडा पशुचौपाया धपाउन रातभर जागै बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । यस्तो समस्या यस बर्षको मात्रै नभएर २।३ बर्षदेखि नै भोग्दै आएको समस्या भएको पिडित किसानहरुको भनाई छ । गत बर्षमात्रै उक्त वडाका किसानहरुले लगाएको ५ बिघा क्षेत्रफलको खेति पशु चौपायाले नष्ट गरेका थिए । दैनिक रातिमा १५/२० वटा पशुहरु आएर किसानले लगाएको तरकारी र अन्न बाली नष्ट गर्ने गरेको स्थानीय जितबहादुर दिशाले बताउनुभयो । सो क्षेत्रमा २०÷ ३० वटा बस्तुभाउले वर्षेनी दुख दिने गरेको उहाँले दुखेसो गर्नुभयो । ‘समूहमा आउने पशु चौपायाले दिनमा भन्दा रातमा बढी क्षति गर्ने गरेका उहाँले बताउनुभयो । दिनभरी गाईगोरु धपाएर बस्नुपर्ने र रातको समयमा झन जागाराम बसेर हेर्नुपर्ने दिशाको भनाई छ । छाडा छोडिएका पशु चौपाया नियन्त्रण गर्न पटकपटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि कुनै चासो नदिएको किसानको गुनासो छ । रातिको समयमा ५÷६ पटक उठेर छाडा पशु धपाउनु पर्ने समस्या रहेको कृषक तास बाहादुर महराले बताउनुभयो । आफूहरुले दुःख गरि लगाएको खेतिबाली भित्राउन नपाउँदै चौपायाले नष्ट पारिदिन थालेपछी त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको किसान सन्तोष कुँवरले बताए। ‘केही दिनअघि पशुको बथान पसेर एक कठ्ठा जमिनको तोरी, गहुँ खाएर सखाप पारे,’ उनले भने, ‘त्यसपछि बाली कुर्न थालेका छौँ, तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थाले।’ यस विषयमा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बाहादुर थापा संग बुझ्दाँ छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताए। ‘छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर काम गर्दैछौँ, कुन ठाउँमा राख्न सकिन्छ भनेर जग्गा खोज्ने काम भइरहेको छ’, उनले भने, ‘जग्गा प्राप्तीपछि छिट्टै व्यवस्थापनमा लाग्छौँ।’ छाडा चौपायाले जिल्लाभर किसानले लगाएको अन्नबाली नोक्सानी गर्ने गरेका छन्। यसअघि छाडा चौपायाले अन्नबाली खाएर नष्ट गरेको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिकाका शिवराज नगरपालिकाका स्थानीय बासिन्दाले छाडा चौपाया गाई, गोरु पालिका कार्यालय परिसरभित्र थुनिदिँदा पालिकाको सम्पूर्ण काम ठप्प भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma