Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराज ९ को आखा शिविरबाट ३०० भन्दा धेरै लाभान्वित ।।

शिवराज नगरपालिका वडा न ९ ले आयोजना गरेको आखा शिविरबाट ३०० भन्दा धेरै लाभान्वित भएका छन । बिहिवार शिवराज ९ ले आयोजना गरेको आखा शिविरबाट आखामा विभिन्न समस्य भएका २ सय २२ महिला र ९९ पुरुष गरि जम्मा ३२१ जना आखाका बिरामीले लाभ लिएका हुन । जस मध्ये २० जना महिला र १० जना पुरुष गरी ३८ जनामा मोतीयाबिन्दुको समस्य देखिएको थियो । उक्त समस्य देखिएका आखाका बिरामीहरुलाई शुक्रबार बहादुरगन्ज स्थित छ्न्दकालेबाबु नारायणि आखा अस्पतालमा निशुल्क अप्रेसन गरिने वडा अध्यक्ष रामगोपाल चौधरीले जानकारी दिनुभयो ।

शिविरले ६१ महिला २९ पुरुष गरि ९० जनालाई चस्मा पनि बितरण गरेको छ । यसै गरी वडाले सस्थागत सुत्केरी प्रोत्साहन स्वरुप एक कार्यक्रमको आयोजना गरि ४४ जना सुत्केरीहरुलाई अण्डा पनि बितरण गरेको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma