नबौं चन्द्रौटा महोत्सवको तयारीमा जुटेको ब्यापार संघ कपिलवस्तु विहिबार नगर भित्ररहेका कृयाशिल संघसस्था संस्थाहरुसंग छलफल गरेको छ । यहि माघ ९ गते देखि २० गते सम्म संचालन हुने महोत्सवको सन्दर्भमा आयोजक शिवराज नगरका सक्रिय संघसंस्था र सहकारीका प्रमुख तथा प्रतिनिधीहरु संग महोत्सवको बारेमा विशेष छलफल गरेको छ।

कार्यक्रममा व्यापार संघका अध्यक्ष एवम् महोत्सव आयोजक समिति संयोजक महादेव पोखरेलले महोत्सवलाई सफल बनाउन सबै क्षेत्रको सहभागिताको आवश्यकता रहेको बताउंनु भयो । उहांले महोत्सवले स्थानीय व्यापार प्रवद्र्धनका साथै सांस्कृतिक, आर्थिक, र सामाजिक गतिविधिहरूलाई समेत अघि बढाउने हुदाँ नगरका सम्पूर्ण संघसंस्थाले महोत्सवलाई आपनत्व लिई सक्रिय सहभागिता जनाउनु पर्ने बताउनु भयो ।
चन्द्रौटा महोत्सवले हाम्रो व्यापारिक गतिविधिलाई प्रवद्र्धन गर्ने मात्र नभई यहाँका कला, संस्कृति, जर्गेना प्रचार प्रसार संगै विभिन्न समुदाय विच आत्मियता संगै भाइचाराको सम्बन्ध मजबुत बनाउने पोखरेलले बताउनु भयो । यसलाई सफल बनाउन सबै संघसंस्था, सहकारीहरू, र स्थानीय नागरिकको साथको आवश्यकता रहने उहांले बताउनु भयो ।
छलफल कार्यक्रममा सहभागी संघसंस्था र सहकारीका प्रमुख तथा प्रतिनिधिहरूले महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी बनाउ सहकार्य र एकताका साथ महोत्सवलाई भव्य र सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
छलफलमा महोत्सव आयोजक समिति सह संयोज जगत प्रसाद पौडेलको स्वागत मन्तव्य ,प्रबक्ता गोपाल बन्जाडेको संचालनमा भएको कार्यक्रममा महोत्सव उद्घाटन तथा समापन उप समिति संयोजक प्रेमकला पौडेल , स्टल उप समिति संयोजक नमराज न्यौपाने ,विधुत तथा खानेपानी उप समिति संयोजक गोबिन्द ढुंगाना,छपाई तथा प्रकाशन उप समिति संयोजक प्रकाश चौधरी लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया