कृष्ण पौडेल विजयनगर।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ ले स्वास्थ्य स्वयंसेविकालाई कोसेली स्वरूप सम्मान सहित दराज वितरण गरेको छ । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका स्वयंसेविकालाई हौसलास्वरूप सम्मान सहित दराज वितरण गरिएको वडा नम्बर वडा ३पत्थरदेइया स्वास्थ्य चौकीका प्रमुख बिरेन्द्र कुमार चौधरीले जानकारी दिए ।
स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानस्वरुप दराज वितण गरिएको नम्बर ३ का वडाध्यक्ष हिर्दय बिकास चौधरीले बताए । गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोप देखि , हात्तीपाईले रोग निवारणका लागि वडामा हात्तीपाईले विरुद्धको औषधि सेवन अभियान लगायतको अन्य स्वास्थ्य क्षेत्रमा गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेकोे भूमिकाको जति प्रशंसा गरे पनि कम हुने वडाध्यक्ष चौधरीले बताए ।
स्वास्थका आधारस्तम्भ भनेको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको भन्दै प्रशंसा समेत गरे ।
दराज पाइसकेपछि स्वास्थ्य स्वयंसेविका हरुले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरुको मनोबल बढाउने किसिमका कार्यक्रम गर्न ल्याउन आग्रह गरे । दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट दराज सहित सम्मान पाएपछि हर्षित हुदै धन्यबाद समेत दिएका थिए ।
प्रतिक्रिया